I am a very small creature of this world
And I am here temporarily, happened to be a neurosurgeon.
Dr. Bal Krishna Thapa
खै कता अनि कहाँ बाट सुरु गरूँ, आफै-आफैमा निकै प्रस्नहरु भरिएर आएका छन्। लाग्छ हिजोको त्यो कालो दिन (हुन त अरुका निमित्त यो नहुन पनि सक्छ)
परिबेस राम्रो अनि नजिकको भएर हैन गाउमा नचिन्ने बिरलै हुन्छन उसमा पनि सानोमा बिद्यालय जाँदा सबभन्दा पुछारको घर उसमा पनि ति बृद्-बुडा बा-आमा जसले बाटो हिड्ने बटुकलाइ त बास बस भन्ने सल्लादिनुहुन्थ्यो, अनि उहाहरुलाई मैले नचिन्ने कुरै हुदैन। उसैमा पनि म हाम्रा जजमान अनि त आफु परे साना बाजे (अन्यथा नासोचिदिनु होला) अनि सधैँ उही आगन हुँदै बिद्यालय जान्थे म, बाटोमा कयौ पटक ए साना बाजे लडीएला है भनेको सुन्थ्ये। मिठास बोलिका धनि उसमा पनि ति बुडा बा-आमाको अगाडी बसेपछि नहाँसी घर फर्किने मान्छे कमै होलान। उनै बा-आमाका जेष्ठ पुत्र डा.बालकृष्ण थापा, सरल अनि सान्त स्वोभाबका धनि, उहालाई नचिन्ने कमै होलान त्यो भेगका मानिसहरु, घर-घरमा उहाको चर्चा सुनिन्थ्यो, सुन्निन्छ र सुनिनेछ।
म सानो छदा मलाई याद छ मेरा बा-आमाले कयौ पल्ट उहाको उदाहरण दिनुहुन्थ्यो। उसो त उहालाई बुझ्ने भएपछिको भेटघाट भनेको साहेद ७-८ कक्ष्यामा पद्दाको बेला हुनुपर्छ, उतिबेला होन्डाको CDR-१०० चडेर आउनुहुन्थ्यो। दसैं-तिहारमा भेट्न उहाको घरमा निकै भिड नै लाग्दथ्यो, भन्नेहरु भन्थ्ये आज डा. साव आउंदै हुनुहुन्छ, अनि उहाको घरमा कुरेर बस्नेहरुको भिड देखिन्थ्यो माथि डाडाबाट। यो पछि भेट निकै बाक्लो थियो प्राय सधै सल्लाहको निमित्त म लगायत तेस क्षेत्रका म जस्ता कयौ युवाहरु उहाकोमा जान्थेउ। अव उहाँसंगको भेट, यो निस्ठुरी दैबले अगिल्लो नेपाल बसाइको भेटघाटमा मात्र सिमित गरिदियो।
पार पाई नसक्नुको यस अद्भूत संसारमा चमत्कार होला र डा. काका जिवितै रहेको समाचार सुन्न पाइएला भनी भगवानसँग प्रार्थना गरिरहेको छु, र अन्त्यमा निराश हुँदै सोच्न वाध्य भएको छु, असल र राम्रालाई मुलुकको प्रणालीले नै ध्वस्त बनाउने र अकल्पनीय दूर्घटनाबाट असमयमै जीवनलीला समाप्त पार्नु परेपछि के मुलुकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले परिकल्पना गर्नु भए झै सुनको बिहान उदाउला? के युगयुगान्तर सम्म पनि लागी रहन्छ राम्रो मान्छेको भलो नहोस् भन्ने सतीको श्राप? हजुरले यति छिट्टै छाडेर जानुहोला भनेर कल्पनासम्म पनि गरेको थिइन्। बेलाबेलामा गर्नुभएका म्यासेजहरु हेरे आँखा रसाए। यो देशका लागि नै अपूरणीय क्षति भएको छ। तपाई भनेर कुरीरहेका बिरामीहरुले अब के गर्ने? प्रगतिशिल राजनीतिक चेतनाका कारण बरिष्ठ न्यूरो सर्जन भएर पनि तपाई भित्र कत्ति अभिमान थिएन। निर्दयी समय, आइतवार नै नेपाल पठाउनुपर्ने उनलाई किन सोमवार पठाएको?
"भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो।१।
राजा रङ्क सबै समान उसका वैषम्य र्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
धन्य छ हाम्रो देशको विपद-जोखिम न्यूनीकरणको अभ्यास अनि यो संग संबन्दित व्यक्तित्वहरुलाई। बिकाश थापाको लेख बाट “आजको प्लेन crash को घटनाले म सार्है मर्माहित भए। घटना को कारण भन्दा पनि यस्ता घटना भाईसकेपछीको तयारी (Emergency response plan or post accident preparedness), त्यो अझै पनि नेपालमा अत्यन्त कम्जोर रहेकोले धेरैले ज्यान गुमाउन पर्यो। यो घटनाको दोशी धेरै होलान्, तर यस्मध्य हामी स्वयम नेपालीपनि यो घटनाको दोशी हौ। नाताबाद र कृपाबाद को पूजारी गर्ने unqualified कर्मचारी देखी, दम्कल, एन्म्बुलेंस जस्ता अत्ती आवश्यक सवारि साधनलाई नि बाटो नपुग्ने गरी बाटो मिचेर घर बनाउने अनी घटना स्थलमा पुगेपछी घाइतेलाई उद्दार गर्नुको साटो मोबाईलमा भिडियो खिचेर बस्ने देशका सुरक्षा निकायका कर्मचारी भनौदाहरु अनि अरु धेरै। देशको एउटै मात्र अन्तरस्ट्रिय बिमान्स्थल भएरपनी एस्तो ठुलो घटनाको हुनसक्छ भनेर एस प्रकारको Early Emergency Handling Technology नल्याउने लाचार प्रसासन। हामी जस्ता युवाहरुले Please Visit Nepal आफ्नो देश को प्रसंसा गर्दै अरुलाई नेपाल जान आग्रह गरेको अनी नेपाली संस्कृति देखाएर अलिकती भएनी देशलाई अरु सामु चिनाउनुको कुनै अर्थै रहेन। जय नेपाल।“
सबैको मन मुटुमा बस्न सफल डा. काका आज हाम्रो सामु रहनु भएन तर तपाईका सब्द यी कान अनि मन-मस्तिस्कमा सधैं ताजा रहिरहने छ, बाँचुञ्जेल। अलबिदा डा. काका, हजारौंको जीवन रक्षा गर्नुहुने तपाई तर तपाइको जीवन रक्षा कसैले गर्न सकेन।
हामी आज सारै दुःखी छौ काका हजुर जहाँ भएपनी हजुरको आत्माले शान्ती पओस! हार्दिक श्रदान्जली!